नियम २७
दाबी सर्मीक्षा र मूल्याङ्कन समिति
: बोर्डले कार्यक्रम अन्तर्गत सेवा प्रदायकबाट प्रदान गरिने सेवा बापत भुक्तानी हन पर्ने रकमको लागि बीमा व्यवस्थापन सूचना प्रणाली मार्फत प्राप्त दाबीहरुको भुक्तानी गर्ने प्रक्रियाको सम्बन्धमा कुनै विवाद देखिएमा सो बिषयमा आवश्यक छानबिन गरी सिफारिस गर्ने प्रयोजनको लागि देहाय बमोजिमको एक दाबी समीक्षा तथा मूल्याङ्कन समिति गठन गर्नु पर्नेछः-

(क) विशेषज्ञ चिकित्सक संयोजक

(ख) रेडियोलोजिष्ट - सदस्य

(ग) प्याथोलोजिष्ट - सदस्य

(घ) नर्सिङ्ग अधिकृत - सदस्य

(ङ) फर्मासिष्ट - सदस्य

(च) जनस्वास्थ्य विज्ञ - सदस्य

(छ) बोर्डको अधिकृत स्तरको कर्मचारी - सदस्य-सचिव